Public Pana
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिकाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको गोरइता नगरपालिका ९ का महेश मली डोमको ४ वर्षीया छोरी चञ्चलाकुमारी र सीतामाढी रामनगर पनपाखर गाउँका रामभजन मली डोमको ५ वर्षीया छोरी अर्चनाकुमारी छन् ।

हिजो शनिबार अपराह्न १ बजेदेखि ४ बजेसम्म बालिका सम्पर्कविहीन भएपछि खोजी गरिएको थियो ।

उनीहरु दुवै सोही गाउँपालिका ५, खैरबनीमा रहेको रामविनय यादवको पोखरीमा मृत फेला परेका थिए ।

दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update