Public Pana
ह्वाट्सएपमा भिडियो सन्देश सुविधा 

ह्वाट्सएपमा अब भिडियो मेसेजिङ फिचर उपलब्ध भएको छ । यसमा प्रयोगकर्ताले छोटो भिडियो रेकर्ड गर्न र च्याट विन्डो भित्रै साझेदारी गर्न सक्ने ह्वाट्सएपले जनाएको छ ।

प्रयोगकर्ताले ६० सेकेन्डको भिडियो रेकर्ड गरेर च्याट विन्डोमा नै रिसिभरलाई पठाउन सक्नेछन् ।

यस मार्फत प्रयोगकर्ताहरूले च्याटमा एकअर्कासँग आफ्ना विशेष क्षणहरू साझेदारी गर्न भएको हो ।

प्रयोगकर्ताले अडियोको सट्टा भिडियो मोड चयन गरि भिडियो रेकर्ड सहित पठाउन मिल्ने भएको हो । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update