Public Pana
करिब १ क्वीन्टल सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखाको सुझाब 

सार्वजनिक लेखा समितिले सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आज आइतबार उच्चस्तरीय छानबिन समिति गठन गर्न ध्यानाकर्षण गराएको हो ।

सिंहदरबारमा आज बसेको समितिको बैठकबाट सो विषयमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको समितिले जनाएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको करिब १०० किलो अवैध सुनका विषयमा समितिले चासो राखेको हो ।

बैठकमा बोल्ने क्रममा समिति सदस्यहरूले सो प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्नेमा जोड दिदै सरकारलाई सुझाब समेत दिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update