Public Pana
मिटरब्याज पीडितलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मालीविरूद्ध मानव बेचबिखनमा जाहेरी

मिटरब्याज पीडितमाथि पटकपटक बलात्कार गरेको आरोपमा पक्राउ परेका सूर्जमान मालीविरूद्ध मानवबेचबिखन तथा ओसारपसार कसुरमा जाहेरी परेको छ । 

आज आइतबार पीडितले जिल्ला प्रहरी परिसर ललितपुरमा मानवबेचबिखनको कसुरमा जाहेरी दिएको हो । 

पीडितले मिटरब्याजमा लिएको ५ लाख तिर्न नसक्दा घर जग्गा नै कब्जामा आफूमाथि पटकपटक बलात्कार भएको भन्दै जाहेरी दिएकी छन् 

पीडितले माली र अर्का एक जनाविरूद्ध पनि जाहेरी दिएकी प्रहरीले जनाएको छ । 
ललितपुर प्रहरीले मालीलाई ठेंचोस्थित घरबाट पक्राउ गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update