Public Pana
पेस्तोल र गोलीसहित दुईजना पक्राउ

सिराहाको सुखिपुर नगरपालिका-४ गोडिअर्वाबाट होममेड सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-२ बननिया बस्ने २४ वर्षीय कम्रुदिन राइन र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

प्रहरी चौकी सिलौर्वापछवारीबाट खटिएको प्रहरीले बीआर ३२ एएम ३७७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएकाे छ । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update