Public Pana
प्रचण्ड–ओली वार्ता, के के विषयमा भए कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा डे वार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग वार्ताका लागि अध्यक्ष ओली आज आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
त्यहाँ उनीहरुबीच करिब डेढ घण्टा लामो वार्ता भएको छ ।

बालुवाटार श्रोतका अनुसार वार्ताको विषय कोशी प्रदेश थियो ।
कोशी प्रदेशमा कांग्रेसका उद्धव थापाको गत असार २१ गते भएको मुख्यमन्त्रीको नियुक्ति रद्द भएसँगै सरकारविहीनताको अवस्था छ ।

यस्तो अवस्थामा दुई नेताबीको कोशीको संकटको निकासका उपायबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सर्वोच्चको अदालतको आदेशपछि कोशी अहिले सरकारविहीन अवस्था छ। थापाको नियुक्ति मुख्यमन्त्रीको कार्यालयमा फोटो नराख्ने गरी रद्ध भइसकेको छ ।

उता यसअघि असार १५ देखि कामचलाउ बनेका एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई पनि प्रदेश प्रमुख परशुराम खापुङले कामचलाउको मान्यता दिएका छैनन् ।

यदि प्रदेश प्रमुख परशुराम खापुङले दिएको असार १६ गतेभित्र पनि सरकार नबने उपाधारा ३ मा गएर एमालेको सरकार बन्ने छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update