Public Pana
बैंकिङ प्रणालीबाट बाहिरियो १५० अर्ब रुपैयाँ

पछिल्लो १० दिनमा बैंकिङ प्राणालीबाट १५० अर्ब रुपैयाँ बाहिरिएको छ। आर्थिक वर्ष सुरु भएसँगै १० दिनमै प्राणालीबाट १५० अर्ब रुपैयाँ बाहिरिएको छ । 

गत आर्थिक वर्षको अन्तिम दिन प्रणालीमा ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप थियो। नयाँ आर्थिक वर्षको साउन १० गतेसम्म, १० दिनमै १५० अर्ब रुपैयाँ निक्षेप घटेको छ । 

साउन १० गतेसम्म आइपुग्दा बैंकिङ प्रणालीमा ५६ खर्ब १७ अर्ब निक्षेप छ । 

साउन २ मा स्थानीयतहको १ खर्ब बढी रकम सरकारले फिर्ता लिएपछि बैंकिङ प्रणालीबाट ठूलो परिमाणमा निक्षेप घटेको देखिन्छ । 

प्राणालीबाट निक्षेप घटेसँगै कर्जा विस्तार समेत खुम्चिएको छ।

गत असार मसान्तसम्म ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएकोमा साउन १० गतेसम्म २९ अर्बले घटेर ४८ खर्ब ५० अर्बमा झरेको हो । 

साथै, निक्षेपसँगै प्राणालीबाट कर्जा प्रवाह घट्दा कर्जा निक्षेपअनुपात (सीडी रेसियो) बढेर ८३.२७ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको अन्तिम दिन ८१.६२ प्रतिशत थियो । 

यस्तै अन्तर बैंक कारोबार दर पनि बढेको छ। असार मसान्तमा अन्तर बैंक कारोबार दर ०।५३ रहेकामा अहिले बढेर ६.०५ प्रतिशत पुगेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update