Public Pana
ठमेलको भियना होटलका सञ्चालक १ क्विन्टल  सुन तस्करीमा पक्राउ

१ क्विन्टल सुन तस्करी प्रक्ररणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ ।

ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको विभागले जानकारी दिएको छ । सो होटलका सञ्चालक छिरिङलाई आज आइतबार विभागको टोलिले पक्राउ गरेको हो । 

विभागले उक्त होटलबाट सिसिटिभी फुटेज र कम्प्युटर पनि जफत गरेर अनुसन्धान सुरु गरेको छ ।

हंङकङबाट तस्करी भएर नेपाल आएको ठूलो परिमाणको सुनमा छिरिङलाई कनेक्सन देखिएपछि विभागले पक्राउ गरेको जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update