Public Pana
फेरी बन्द, नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडकखण्डमा आज आइतबार बिहान पहिरो खस्दा फेरी यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज आइतबार इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो ।

पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।
पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोका कारण यस सडकखण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ र सर्वसाधारण दुख्ख पाउनुका साथै सञ्चार माध्यमको समाचार मात्र बन्ने गरेको छ । 

समस्या न्यूनिकरण र समाधानका लागि सरकारको योजना नाममा मात्र सिमित भएको सो क्षेत्रका सर्वसाधारणहरुले बताउने गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update