Public Pana
बाढी–पहिरोबाट विभिन्न राजमार्गहरु अवरूद्ध

बाढी–पहिराका कारण ३ वटा राष्ट्रिय राजमार्गको ५ ठाउँमा अवरूद्ध भएको छ ।

२० स्थानमा सडक एकतर्फी बनाइएको विभागले जानकारी दिएको छ ।

सडक विभागले आफ्नो वेब साइटमा राखेको विवरणअनुसार अहिले तमोर करीडोर अन्तर्गत चतरा–मुलघाट–माझीटारअमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ ।

यो सडक असारको पहिलो सातादेखि नै अवरूद्ध भएको हो ।

यस्तै, कालिगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको जोमसोम तानसेन–रिडी–कोरला खण्डको म्याग्दीका दुई स्थानमा अवरू छन् ।

डुम्रे–बेशीशहर–चामे जोड्ने राजमार्ग लम्जुङ र मनाङमा अवरूद्ध भएकाले आवतजावतमा समस्या देखिन्छ । 

मनसुन सुरू भएयता हालसम्म १८ वटा राजमार्गको १ सय ३३ स्थानमा अवरूद्ध भएका छन् ।

१ सय ८ स्थान दुवैतर्फ चालु छन् भने मनसुनजन्य विपदबाट राजमार्गमा २५ करोड, ६ लाख ५० हजार बराबरको क्षति पुगेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update