Public Pana
कोरियाको पानीजहाज कम्पनीमा काम, परीक्षा सोमबारदेखि 

इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज आइतबार सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको हो ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ ।

आवेदन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले भर्न सक्नेछन् । आवेदन यहि साउन २० गतेदेखि २४ गतेसम्म दिन सकिनेछ ।

आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गएर, अनलाइनबाट भर्नु पर्नेछ । यसका लागि  https://eoers.epsnepal.gov.np को पहिलो पेजमा नै डेमो हेर्न सकिनेछ ।
भाषा परीक्षा आगामी असोज १ गते सोमबारदेखि हुनेछ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update