Public Pana
एकीकृत समाजवादीका अध्यक्ष नेपाल, स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । 

इन्डोनेसिया, सिंघापुर र मलेसियाको भ्रमण सकेर अध्यक्ष नेपाल आज शनिबार स्वदेश फिर्ता भएका हुन् ।

अध्यक्ष नेपाल गत साउन ८ गते इन्डोनेसिया प्रस्थान गरेका थिए । त्रिदेशीय भ्रमणका क्रममा अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी भएका हुन् । 

कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी मुलुकका नेताले आ–आफ्नो मुलुकमा कम्युनिष्ट पार्टीको अवस्था, देशको विकास, त्यसको प्रभाव र योगदानबारे छलफल गरिएको अध्यक्ष नेपालको भनाई छ । 

इन्डोनेसियाको बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसियाको समेत भ्रमण गरेको जानकारी दिए ।
५ दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गरेका थिए ।

पार्टीका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष नेपाललाई स्वागत गरेका थिए।
nepal1690632058.jpg

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update