Public Pana
हुम्लाका बस्ती जोखिममा परेकाले हेलिकप्टर पठाइँदै

हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपको बस्ती जोखिममा परेको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले बस्ती जोखिममा परेको हो । 

सर्केगाड गाउँपालिकाका अनुसार गएराति ११ बजेदेखि परेको पानीसँगै आएको बाढीपहिरोले उक्त बस्ती नै जोखिममा परेको छ । 

गाउँमा पहिरो बढेका कारण उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पठाउने तयारीमा रहेको सर्केगाडा गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update