Public Pana
सडक विस्तारमा व्यवसायी आन्दोलित 

महेन्द्र राजमार्ग अन्तर्गत पर्ने पथलैया–नारायणगढ सडकखण्ड विस्तारको विषयमा हेटौंडाका व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

सो सडकखण्ड अन्तरगतको हेटौंडा बजार क्षेत्रको मेनरोडदेखि राप्तीरोडसम्मका धेरै घर तथा संरचनाहरु भत्कने भएपछि उनिहरु आन्दोलतमा उत्रिएका हुन् ।

संघीय सरकारको आयोजना अनुरुप सडक डिभिजन कार्यालय हेटौंडाले ३५ दिनभित्र यस क्षेत्रभित्र पर्ने घर, टहराहरु खाली गर्न सूचना नै जारी गरेकाले उनिहरु आन्दोलन स्वरुप आज शनिबार भेला आयोजना गरे । 

प्रर्दशन गर्दै उनिहरुले सरकारको यो निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

हातमा कालो झण्डा समेत बोकेका व्यवसायीहरुले श्रावण १६ गते कुनै पनि हालतमा हेटौंडामा डोजर चल्न नदिने बताएका छन् ।
सरकारले जबर्जस्ती गरेर आफूहरुको घर भत्काउने गरे प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् । ।
andolan1690626418.jpg

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update