Public Pana
कोशीमा नयाँ विकल्पको सहमतिमा पुगे कांग्रेस–माओवादी 

नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्न सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार दुई दलबीच छलफल भएको हो । सहमतिमा कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु नै उत्तम विकल्प हुनेमा दुई दल पुगेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारले जनाएको छ ।

बालुवाटार प्रधानमन्त्री निवासका अनुसार सभामुखले राजीनामा गरेर सरकार बनाउने कुरामा छलफल भएको र

राजीनामा गराएर नै ४७ समर्थन पुराउनुपर्नेमा मुद्धा केन्द्रीत भएको छ ।

छलफलमा कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अघि सार्नेमा सहमति भएको छैन ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा, उप सभापति पूर्णबहादुुर खड्का,

महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।

अदालतले गठबन्धनबाट मुख्यमन्त्री बनेका थापालाई पदमुक्त गरेपछि नयाँ सरकार बनाउन आह्वान भएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update