Public Pana
राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणपत्र ः पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था घोषणापत्रमा समावेश गर्ने भएको छ ।

सो पार्टीले आज बानेश्वरमा एक कार्यक्रमबीच घोषणापत्र सार्वजनिक गर्न लागेको छ ।

राप्रपाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा भ्रष्टाचार रोक्ने र सम्पति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता ‘एजेन्डा’ समेटिइएको छ ।

वैदिक सनातन हिन्दू राष्ट्रलगायत विषयलाई राजनीतिक मुद्दा बनाएको पार्टीले जनताबाट प्रत्यक्षरूपमा निर्वाचित प्रधानमन्त्रीको ‘एजेन्डा’लाई पछिल्लो समय प्राथमिकतासहित अघि सार्दै आएको पार्टीले आगामी पाँच वर्षमा गर्ने कार्ययोजना, लक्ष्य र प्रतिबद्धता समावेश गरिएको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update