Public Pana
भारत भ्रमण सकेर स्वदेश फर्कियो माओवादीको टोली

नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा साता दिन अघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा यही साउन ७ गते भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली भारत गएको थियो ।

साता ब्यापी नयाँ दिल्ली भ्रमणमा टोलीले भाजपा अध्यक्ष जगतप्रकाश नड्डा, केन्द्रिय मन्त्री स्मृति इरानीलगायतसँग पार्टी मुख्यालयमा भेटवार्ता गरेको थियो । दुई पार्टी बिच भाइचार सबन्ध बिस्तार गर्नका लागि भाजपाले माओवादी केन्द्रलाई निम्तो दिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update