Public Pana
कब्जा गर्ने कसैले नसोच्नु :  पूर्व प्रधानमन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कब्जा गर्ने कसैले नसोच्नु भन्ने सन्देश दिएका छन् । नेकपा माओवादी केन्द्रसँग राम्रोसँग एकता गर्नै नपाई सहयात्रा टुंगिएको छ । पुष्पकमल दाहाल प्रचण्डले कब्जा गर्न सोचेका थिए, फर्किनु पर्यो, त्यस्तो कसैलाई नहोस् उनको भनाई छ ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको १२ औँ बैठकलाई आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री ओलीले माओवादी एकता भनिए पनि कहिल्यै व्यवहारमा नआएको उल्लेख गरे । 

उनले भने, ‘माओवादीसँग एकता भने पनि हुँदैन भएन। कतिपय संगठन मिलाउनै पाइएन, हामीले कहिल्यै पनि सँगै भेला गर्न सकिएन, प्रचण्डले आफ्नो कार्यालय जीवितै राखे, सकिने दिन पनि आउँछ हेर्दै गर्नु ।’ 

पैसाको लोभी प्रचण्डले एकतापछि एक पैसो हिसाब किताब पार्टी केन्द्रीय कार्यालयमा नबुझाएको ओलीले प्रष्ट पारे । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update