Public Pana
थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

थानकोटबाट चित्लाङ  जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे  घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ । 

थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो ।
गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको थियो ।  

गाडी के कारणले दुर्घटना भएको हो भन्ने विषय खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ । घटनास्थलमा पानीघाटमा रहेको सेनाको टोली समेत पुगेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update