Public Pana
मिटरब्याज विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक आज शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।

राष्ट्रिय सभामा उत्पत्ति ( २०८० असार ५ मा दर्ता) भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो ।

२०८० असार ३१ मा प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको विधेयकलाइ गत साउन १० गते राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।
Meterbyas-bidheyak-pramanikaran1690538177.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update