Public Pana
एप्पलको आईफोन १४ किन्नका लागि आफ्नै आठ महिने शिशु बेच्न बाध्य

एप्पलको आईफोन १४ किन्नका लागि एक दप्पतीले आफ्नै ८ महिनाको शिशु बेचेका छन् । 

छिमेकी भारतको पश्चिम बंगालको उत्तर २४ परगना जिल्लामा आईफोन किन्नका लागि एक दम्पतीले आफ्नो ८ महिनाको शिशु बच्चालाई बेचेका हुन् ।

निम्न आयस्रोत भएका उक्त दम्पतीले आईफोन १४ किनेर इन्स्टाग्राम रीलहरू सिर्जना गर्नको लागि आफ्नो शिशुलाई बेचेको गीज्मोचाइनाले जनाएको छ । 

विश्वभर नै निकै चर्चित रहेको एप्पलको आइफोनको क्रेजले गरिबलाई गारो हुने र अपराधिक गतिविधीसँगै गैर कानूनी अन्य कार्य समेत गर्न बाध्य भएको व्यक्ति भेटिन्छन् ।

प्रहरीले उक्त घटनामा संलग्न बालिकाकी आमा, साथी र प्रियंका घोष अर्थात्, आरोपित शिशु खरिदकर्ता लाई नियन्त्रणमा लिएकोे छ ।

यद्यपी बुबा जयदेव भने प्रहरीले खोजी गरेदेखि फरार रहेको छन् । कानून अनुसार धर्म सन्तान पाल्न सकिने भएपनि प्रक्रिया नपनाइ गैर कानुनी रुपमा कार्य गर्नु अपराध भएको प्रहरीको भनाई छ ।

एप्पल आइफोन १४ महंगो फोन किन्नका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन् । हालै त्यस्तै घट्ना भारतमा घटेको हो ।

दम्पतीको अचम्मको व्यवहारका साथसाथै उनीहरुको शिशु अचानक हराएपछि छिमेकीहरूले सचेत भएर प्रहरीलाई खबर गरेका थिए ।

आमाले आफ्नो शिशुको अवैध बिक्री स्वीकार गरेको र उनीहरूले इन्स्टाग्राम रीलहरू सिर्जना गर्न भनेर पश्चिम बंगालको वरिपरि यात्रा गर्नका लागि सो कमाइ प्रयोग गरेको संकेत गर्दै दुःखदायी जानकारी दिएकी छन् ।

अनुसन्धानको द्वौरानमा बुबाले आफ्नो सात वर्षीया छोरीलाई पनि बेच्न  खोजेको आरोप पनि बाहिर आएको छ ।
पश्चिम बंगालको यो डरलाग्दो घटना कुनै पृथक घटना होइन। विश्वव्यापी रूपमा, यस्तै त्रासदीपूर्ण कथाहरू देखा परेका छन् ।

सन् २०१६ मा, एक चिनियाँ दम्पतीले पनि आईफोन किन्नको लागि आफ्नो नवजात शिशु कथित रुपमा बेचेका थिए ।

cfOkmf]g !$ df slDtdf klg @ nfv ?k}ofF k5{ .

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update