Public Pana
चन्द्रागिरीमा गाडी दुर्घटना, १ जनाको मृत्यु

चित्लाङदेखि काठमाडौं आउँदै गरेको गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका ४ चुनदेवीनजिकैको कच्ची सडकमा सुमो दुर्घटना भएको थानकोट प्रहरी वृत्तले जनाएको छ । 
दुर्घटनामा घाइते तीन जनाको उद्धार गरिएको छ ।

एक जना गाडीसँगै तल खस्दा भीरमा अड्किएको अवस्थामा रहेका छन् । ती व्यक्तिको उद्धार गर्ने कार्य जारी रहेको छ । गाडीमा चालकसहित ५ जना सवार थिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update