Public Pana
कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान 

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन् ।

आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख खापुङले साउन १६ गते मंगलबार साँझ ५ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

‘सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब देखिएको हुँदा २०८०-४-१७ भित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु’ भन्ने परमादेश जारी भएको र सोहीअनुसार सरकार गठनको आह्वान गरिएको’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतले यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै साउन १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आह्वान गर्न आदेश दिएको थियो ।

प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनबारे आह्वान गरे पनि कामचलाउ मुख्यमन्त्री को भन्नेबारे केही बोलेको छैन ।

यसैबिच, कोशी प्रदेशका सभामुखविरूद्ध सर्वोच्च अदालत पुगेको नेकपा एमाले मुख्यमन्त्रीको फैसलापछि केही बलोको छैन ।

प्रधानमन्त्री लगायत त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सुन प्रकरणदेखि अधिकांशमा चर्को आवाज सुनाउने एमाले कोशी मुख्यमन्त्रीमा किन नरम भएको होला भन्ने प्रश्न उठको छ ।

यसै सम्बन्धी पब्लिक पानाले एमालेका प्रतिनिधीलाई प्रश्न राख्दा समय आएपछि बोली आउने आश्वास दिए । 

koshi1690534054.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update