Public Pana
एशियन गेम्समा स्वर्ण पदक जित्नेलाई नेपाल कराते महासंघका सल्लाहकार निवासले ३ लाख रुपैयाँ दिने 

नेपाली राष्ट्रिय कराते टोलीका व्यवस्थापक तथा नेपाल कराते महासंघका सल्लाहकार निवास गोपाल वैद्यले १९ औं एशियन गेम्समा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

आज शुक्रबार एक कार्यक्रम गर्दै उनले एशियन गेम्समा स्वर्ण पदक जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ, रजत पदक जित्ने खेलाडीलाई २ तथा कास्य पदक जित्ने खेलाडीलाई १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

यसैबीच वैद्यले एशियन गेम्सको तयारीमा रहेका ‘बी’ टिमका खेलाडीलाई ट्रयाकसुट समेत दिएका छन् । वैद्यले बी टोलीका ४ खेलाडी र ४ जना अफिसियल गरि ८ जनालाई ट्रयाकसुट दिएका हुन् ।

वैद्यले एशियन गेम्सबाट आउने भत्ता बापतको रकम पनि खेलाडीका लागि नै खर्च गर्ने बताएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update