Public Pana
महिला फुटबल टोली एसियन गेम्समा पहिलोपटक, तयारीमा व्यस्त 

असोज ६ गतेदेखि चीनको हाङ्झाउमा हुने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने खेलाडी प्रशिक्षणमा व्यस्त छन् । 

समूहगत र व्यक्तिगत स्पर्धामा गरी यो पटक एसियाडमा २९ खेलले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

असोज २१ गतेसम्म हुने एसियाड पदकभन्दा सहभागिता र अन्तराष्ट्रिय एक्पोजर नै नेपाली टोलीका लागि ठूलो उपलब्धी हुने देखिन्छ ।

एसिया खेलकुदमा नेपालको महिला फुटबल टोलीले पहिलो पटक सहभागिता जनाउन लागेको हो । यसअघि पुरुष टोलीले स्पर्धा गर्दै आएको थियो ।

यो पटक महिला टोलीलाई मौका दिइएको छ ।  

एसियाड खेल्ने टोलीमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला बि.क., निशा ठोकर, समिक्षा घिमिरे, रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की र रेखा पौडेल रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update