Public Pana
कोशी सरकारको कामचलाउ मुख्यमन्त्री बन्दै हिक्मत कार्की

सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेताको नियुक्तिलाई असंवैधानिक घोषणा गरिदिएपछि तत्कालीन मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कामचलाउ मुख्यमन्त्रीका रुपमा पुनः कार्यभार सम्हाल्ने भएका छन् ।

कार्की साउन १७ गतेसम्मका लागि कामचलाउ मुख्यमन्त्री हुने भएका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेपछि बदरको माग गर्दै एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले असार २२ गते रिट निवेदन दिएका थिए ।

सोही रिटमा सर्वोच्चले हिजो बिहीबार थापाको नियुक्ति असंवैधानिक भन्दै नियुत्ति बदरको फैसला गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की कामचलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली भएका हुन् ।

कार्की आजै विराटनगर ११ बजे मन्त्रालय जाने कार्यक्रम छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update