Public Pana
सुनकाण्डमा तानिएका राकेशको २१२ पटक विदेश भ्रमण 

करिव सय किलो सुन तस्करीमा संलग्न रहेको आशंका गरिएका राकेशकुमार अडुकियाले भारतीय पासपोर्ट प्रयोग गर्ने गरेको खुलेको छ ।

उनले रोहन अडुकिया नामको भारतीय पासपोर्ट प्रयोग गर्ने गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
राजस्व अनुसन्धान विभागले हङकङबाट आएको क्विन्टल सुनकाण्डमा संलग्न भएको आशंकामा उनीमाथि अनुसन्धान गरिरहेको हो । 

सो क्रममा, अडुकियाले रोहनको नाममा एक वर्षको अवधिमा २ सय १२ पटक संयुक्त अरब एमिरेट्स (यूएई) र हङकङको यात्रा गरेको फेला परेको छ ।

अडुकियाको यात्रा शंकास्पद देखिएपछि अध्यागमन विभागले उनको ‘ट्राभल हिस्ट्री’ नै राजस्व विभागमा पठाएको हो ।

अध्यागमन विभागले राकेशले प्रयोग गर्ने रोहन अडुकिया नामको भारतीय पासपोर्ट पनि कालोसूचीमा राखिसकेको जनाएको छ । 
सुन तस्करीमा आफू संलग्न नभएको अडुकियाको दाबी छ । राकेशकुमारले सरकारलाई पूर्णरुपमा अनुसन्धान गर्ने अधिकार भएकाले सरकारले आफूसँग सोधपुछ गरे सबै कूरा बताउने उल्लेख गरे । यद्यपी आफू लुकेको देश र ठाउँ भने खुलाउन चाहेनन् । उनले हास्दै भने था भइहाल्छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update