Public Pana
आईटी जनशक्तिलाई सरकारी सेवामा लगाउने मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई सरकारी सेवामा सम्मानजनक काम गर्ने वतावरण बनाउन लागिरहेको दाबी गरेकी छिन् ।

काठमाडौंस्थित सफ्टवेरिका कलेजले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी कार्यक्रम उद्घाटनका क्रममा सूचना प्रविधि क्षेत्रलाई विद्यार्थीहरुलाई सम्वोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन् ।

उनले भनिन्, ‘पछिल्लो समय नयाँ पुस्तामा सूचना प्रविधिको क्षेत्रमा आशालाग्दो गरी आकर्षण बढिरहेको छ, तर, दक्ष जनशक्तिलाई नेपालभित्रै टिकाउन सकिएको छैन,। ’ 

सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको दक्ष जनशक्तिलाई सरकारी सेवामा भित्र्याउन र उनीहरुलाई कसरी टिकाइ राख्न सकिन्छ छलफल भइरहेको र संघीय कर्मचारी ऐनमार्फत सूचना प्रविधि क्षेत्रलाई छुट्टै सेवा समूहको रुपमा विकास गर्नेदेखि सूचना प्रविधि क्षेत्रका विज्ञहरुलाई सम्मानजकरुपमा पारिश्रमिक दिएर देशभित्रै योगदान गर्ने वातावरण बनाउन सरकार लागिरहेको दाबी गरिन् ।

त्यस्तो जनशक्तिलाई वृत्ति विकासका हिसाबले अन्य निजामति सरह तथा पारिश्रमिक दक्षता र विज्ञताका आधारमा दिने गरी ‘हाइब्रिड’ मोडल लागु गर्ने सोंच रहेको मन्त्री शर्माको भनाई थियो

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढाउनका साथै उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्न सूचना प्रविधि विषयमा स्नातकोत्तर, एमफिल र विद्यावारिधि गर्ने विद्यार्थीलाई विश्वविद्यलय अनुदान आयोगको सहकार्यमा छात्रवृत्ति प्रदान गर्ने र सार्वजनिक सेवा क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई प्रोत्साहन गर्ने कार्यक्रम यसै आर्थिक वर्षदेखि सुरु गरिएको जानकारी समेत उनले दिइन् ।
आइटी प्रदर्शनी ‘टेक ईएक्स २०२३’ बिहीबारदेखि सुरु भएको छ। डिल्लीबजारस्थित सफ्ट्वेरीका कलेजमा लगभग ३० भन्दा धेरै स्टलहरु सहीत ४ दिने प्रदर्शनी आगामी आइतबार सकिने छ । 

प्रदर्शनीमा ब्लेज अलर्ट (फरेस्ट फायर डिटेक्सन) , फिल्ड मनिटरीङ सिस्टम, रोबर्टीक ह्याण्ड कन्ट्रोलर , स्मार्ट डस्टविन, स्मार्ट पोल सीस्टम ,  स्मार्ट ट्राफीक सोलुसन, स्मार्ट रेस्क्यू , स्मार्ट हाउस अटोमेसन, स्मार्ट असिस्ट, कन्ट्रोल बाई एगइन्क्यूवेटर, ड्यासबोर्ड कन्ट्रोल लगायतका आईटी सम्बन्धित  स्टलहरु छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update