Public Pana
भ्वाईस सेवा प्रदायकलाई अफर

भ्वाईस सेवा प्रदायकले प्रत्येक आर्थिक वर्षमा दुई किसिमका फेस्टिवल र प्रमोस्नल अफर संचालन गर्न पाउने  भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले तयार गरेको भ्वाईस सेवा प्रदायकहरुले विभिन्न किसिमका अफर लागू गर्दा पालना गर्नु पर्ने टर्मस एण्ड कन्डिसन सम्बन्धी व्यवस्थाहरु सम्बन्धमा परामर्श पत्र यस्तो उल्लेख छ ।

यसरी अफरहरु संचालन गर्दा एक पटकमा बढीमा १० वटा सम्म मात्र र एक आर्थिक वर्षमा बढीमा कुल सय वटा सम्म मात्र विभिन्न किसिमका प्रोडक्ट÷ प्याकेजहरु फेस्टिवल अफरको रूपमा लागू गर्न सक्नेछ भने एक आर्थिक वर्षमा बढीमा २५ वटा सम्म विभिन्न किसिमका प्रोडक्ट÷ प्याकेजहरु प्रमोस्नल अफरको रुपमा लागू गर्न सक्नेछ । 

साथै फेस्टिवल अफर संचालन गर्न पाउने अधिकतम् समयसीमा १५  दिनको हुनेछ भने प्रमोस्नल अफर संचालन गर्न पाउने अधिकतम् समयसीमा ३ महिनाको हुनेछ। यसरी अफर मार्फत लागू हुने प्रोडक्ट÷ प्याकेजहरु गणना गर्दा शुल्क-महशुलदर, समयावधि सुविधा लगायतका विषयहरु फरक परेको खण्डमा उक्त प्रोडक्ट÷ प्याकेजहरुलाई छुट्टाछुटै मानिनेछ ।

सरकारले तोकेको विभिन्न किसिमका चाडपर्व, उत्सव तथा दिवसहरुको उपलक्ष्यमा सेवा प्रदायकहरुको प्राधिकरणबाट स्वीकृत नियमित शुल्क - महशुलदर ( Regular Standard Approved Tariff) भन्दा थप सहुलियत तथा सुबिधा उपभोक्ताले प्राप्त गर्ने गरि विभिन्न किसिमका प्रोडक्ट÷ प्याकेजहरु फेस्टिवल अफर को रुपमा संचालन गर्नु पर्नेछ ।

प्राधिकरणबाट स्वीकृत गरिएको स्वीकृत नियमित शुल्क - महशुलदर ( च्भनगबिच क्तबलमबचम ब्उउचयखभम त्बचषा) संग सम्बन्धित विभिन्न किसिमका प्रोडक्ट÷ प्याकेजहरु भन्दा फरक किसिमका विशेषता भएको प्रोडक्ट÷ प्याकेजहरु लाई प्रमोस्नल अफर को रुपमा संचालन गर्नु पर्नेछ । 

संचालन गर्ने फेस्टिवल अफर र प्रमोस्नल अफरहरु लागू गर्नु पूर्व कम्तिमा ७ अगाडी नै प्राधिकरणलई पूर्व जानकारी गराएर मात्र लागू गर्नु पर्नेछ. यसरि प्राधिकरणलाई पूर्व जानकारी गराउदा निवेदनमा सम्बन्धित अफर लागू हुने मिति स्पष्ट उल्लेख गर्नु पर्नेछ ।

फेस्टिवल अफर संचालन गर्दा उपभोक्ताले थप सहुलियत तथा थप सुविधा नपाउने भएमा उक्त प्रोडक्ट÷ प्याकेजहरु फेस्टिवल अफर को रुपमा पुनः संचालन गर्न पाउने छैन ।

संचालन हुने प्रमोस्नल अफर पुनः लागू गर्नु पर्ने भएमा सम्बन्धित सेवा प्रदायकहरुले समयमानै सम्बन्धित प्रोडक्ट÷ प्याकेजहरुको शुल्क -महशुलदर को नियमित स्थायी स्वीकृतिको लागि नियमानुसार प्राधिकरण समक्ष निवेदन दिनुपर्नेछ ।

संचालन गर्ने फेस्टिवल अफर र प्रमोस्नल अफरहरु लागू गर्नु उपभोक्ता तथा सर्वसाधारणलाई समेत सूचना मार्फत पूर्व जानाकरी गराउनु पर्नेछ।  यसरि लागू गरिएको फेस्टिवल अफर र प्रमोस्नल अफरहरु उपभोक्ताले तोकिएको समयसीमाभित्र व्यावहारिक रुपमा उपभोग गर्न सक्ने अफरहरु मात्र लागू गर्नु पर्नेछ ।

संचालन गर्ने फेस्टिवल अफर र प्रमोस्नल अफरहरु लागू गर्दा के कति कारणले अफरको रुपमा लागू गरेको हो ? सो को स्पष्ट व्यहोरा खुलाई प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ ।

प्रमोस्नल अफरको संख्या अपुग भएमा सेवा प्रदायकले  प्राधिकरणसँग आवश्यक समन्वय गर्न सक्नेछ र सो सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक निर्णय गर्न सक्रेछ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update