Public Pana
निर्वाचन आयोगमा गगन थापाले बुझाए १५ हजार जरिवाना

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगलाई जरिवाना तिरेका छन् । थापाका प्रतिनिधि श्यामकृष्ण संगतका अनुसार आज बिहीबार आयोगलाई १५ हजार रुपैयाँ जरिवाना बुझाइएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचित जनप्रतिनिधिले खर्च विवरण सार्वजनिक गरेको प्रमाण सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा प्रदेश निर्वचान कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई आयोगले १५ हजार जरिवाना तोकेको छ ।

निर्वाचनको खर्च विवरण आयोगलाई बुझाए पनि सार्वजनिक गरेको प्रमाण सम्बन्धित निर्वाचन कार्यालयमा नबुझाएका कारण थापाले जरिवाना तिरेको उनका निर्वाचन प्रतिनिधि संगतले जानकारी दिए ।

थापाका निर्वाचन प्रतिनिधि संगत भन्छन्, ‘खर्च विवरण महामन्त्रीज्यूले पहिला नै बुझाउनुभएको थियो । विवरण सार्वजनिक गर्नुपर्ने आयोगको यो नयाँ निर्णय थाहा नभएको कारण हामीले जरिवाना तिर्नुपर्यो ।‘

थापाले गत मंसिरमै आयोगलाई बुझाएको  २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसाको खर्च विवरणसमेत सार्वजनिक गरेका छन् ।

g1690461915.jpg

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update