Public Pana
कोशी प्रदेशमा गठबन्धन नेतृत्वको सरकार ढल्यो, सर्वोच्चद्वारा मुख्यमन्त्रीको नियुक्ती बदर

सर्वोच्च अदातलले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको मुख्यमन्त्री पद बदर गरिदिएको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले आज बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति नै  बदर गरेको हो।

मुख्यमन्त्री बनाउन प्रदेश सभाका सभामुखले  हस्ताक्षर गर्नु गैहसंवैधानिक कदम ठहर गर्दै सर्वोच्चले मुख्यमन्त्रीको नियुक्ती खारेज गर्ने आदेश दिएसँगै कोशीमा फेरी नयाँ सरकारको प्र्रक्रिया शुरु हुने भएको छ । 

 कोशी प्रदेशमा अब दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन सात दिनको समय दिएको छ। यसरी सरकार बन्न नसके संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सरकार बनाउन आदेशमा भनिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update