Public Pana
तीनकुनेमा बन्यो २८ लाखको ‘ट्रस्ट ब्रिज’

स्थानीय समुदायको पहल र प्रदेश सरकारको सहयोगमा काठमाडौंको तीनकुने सुविधानगरस्थित बागमती नदीमा विश्वसनिय पुल अर्थात ‘ट्रस्ट ब्रिज’ निर्माण गरिएको छ ।

सामुदायिक विकास समिति र मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिको पहलमा निर्मित पुलको लम्बाइ २८ मिटर छ । करिब २८ लाखमा बनेको पुलको आज बिहीबार पूर्वमन्त्री अग्नि खरेलले उद्घाटन गरे ।

तीनकुनेदेखि सुविधानगर हुँदै बागमती–मनोहरा दोभानसम्मको करिडोर स्थानीयकै सक्रियतामा हराभरा बनेको छ । करिडोरमा रुख–बिरुवा हुर्काउने तथा संरक्षणको पहिलो र दोस्रो खण्डको काम सकिएको र तेस्रो खण्डमा काम भइरहेको छ ।

काठमाडौंका नदी करिडोर संरक्षणमा अरुले पनि प्रेरणा पाउने गरी काम गरिएको पनि सामुदायिक विकास समितिले जनाएको छ ।
11690448821.jpg

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update