Public Pana
नर्वेजियन आरोही र नेपाली गाइडको विश्व रेकर्ड

नेपालीमूलका आरोही निर्मल पुर्जाले ७ महिनाभित्र विश्वका १४ वटा ८ हजार मिटर अग्ला हिमाल चढेर बनाएको विश्वरेकर्ड तोडिएको छ ।

म्याग्दीमा जन्मिएका निर्मलले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल ७ महिनाभित्र चढेर २०७६ कात्तिकमा बनाएको विश्ववकीर्तिमान नर्वेजियन हिम आरोही क्रिस्टिन ह्यारिला र नेपाली गाइड तेन्जिन ल्हामा शेर्पाले बिहीबार तोडेका हुन् । 

निर्मलले २०७६ कात्तिक ११ गते सोमबार तिब्वतमा अवस्थित शिशापङ्मा हिमाल आरोहण गरेसँगै सात महिनामा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही बनेका थिए । 
तर उनको यो कीर्तिमान नर्वेजिन महिला हिम आरोही र नेपाली गाइड तेन्जिनले अभियान थालेको ९२ दिनमै तोडिदिएका हुन् ।

निर्मलले आफ्नो उक्त सफलतालाई विश्वभर ब्रान्डिङ गरेका थिए। भिडिओ र फोटोमार्फत उक्त सफलता संसारभर फैल्याएका उनको कीर्तिमान अब अर्का नेपाली गाइडको नाममा पुगेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update