Public Pana
विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने

फिफा विश्वकप–२०२६ छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

एशियाली फूटबल महासंघ (एएफसी)ले पहिलो राउन्डको खेलतालिका सार्वजनिक गरेको छ। जसमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो राउन्डमा ‘होम एन अवे’ का आधारमा दुई खेल हुनेछन्। पहिलो खेल असोज २५ गते नेपालमा हुनेछ भने दोस्रो खेल असोज ३० मा लाओसमा हुनेछ ।

अहिले नेपाल फिफा वरियतामा १७५औं स्थानमा छ । नेपालसँग प्रतिस्पर्धा गर्ने लाओस १८७औं स्थानमा  छ । यसमा जित हासिल गर्न सके नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ। पहिलो राउन्डमा २० टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

यसका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रारम्भिक टोली घोषणा गरेका छन् ।
नेपाली टिममा गोलकिपरः किरणकुमार लिम्बू, अनिष देउला, दीप कार्की, अभिषेक बराल रहेका छन् ।

डिफेन्डरः विमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई रहेका छन् ।

मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव रार्य, विशाल तामाङ, विवेक पौडेल, कृतिश रत्न छुन्जु रहेका छन् । 

यस्तै नेपाली फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन ।
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update