एक साताका लागि राष्ट्रिय सभा बैठक स्थगित
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । बिहीबार दोस्रोपटक बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुन पारित गरेको छ ।
यसअघि राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । उक्त विधेयकलाई प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर राष्ट्रिय सभामा पठाएको हो । राष्ट्रिय सभाले बिहीबार पुनः सो विधेयक पारित गरेको हो ।
उक्त विधेयक पारित गरेपछि बैठक आउँदो बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा जानकारी गराए ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १२:३५
प्रतिक्रिया दिनुहोस्