Public Pana
गृहमन्त्रीले राजीनामा देलान् ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्नेमा नदिएको भनी राष्ट्रिय सभामा प्रश्न उठाएको छ ।

आज बिहीबार बसेको बैठकमा विशेष समय लिएर राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा अनावश्यक टिप्पणी गर्दै हिंडेको बताए ।

‘विमानस्थलको सुरक्षा छिचोल्दै सय किलो सुन बाहिर पक्राउ खान्छ भने त्यसै दिन मैले सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सकिन भनेर विमानस्थल भन्सारसँग सम्बन्धित सुरक्षा संयन्त्रलाई सस्पेन्स गर्दै सम्मानित सदनलाई समेत सम्बोधन गर्दै राजीनामा दिनुपर्ने हो, तर, त्यसो भएको छैन्,’ उनले भने ।
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update