Public Pana
मलहोत्रा सुन प्रकरणमै सम्लग्नको बाटो खुल्दै 

सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले व्यवसायी दीपक मलहोत्रामाथि अनुसन्धान केन्द्रीत पारेको छ । साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन बरामद हुँदा दीपकको नाम आउनासाथ हतारमा अर्को दिन रुँदै पत्रकार सम्मेलन गरि आफू निर्दोष र राज्यलाई कर तिरेर विकासमा सहयोगको नाटक गर्ने व्यक्ति विभागले फेला पारेको छ ।

सुन कारोबार गर्दा विना भन्सार भित्र्याउने काण्डमा यसअघि नै दीपक परिसकेकोले करिब १ सय किलो सुन काण्डमा समेत सम्लग्नाताको पुष्टि हुन बाँकी रहेकोले उनी केन्द्रमा परेको विभागले जनाएको छ ।

आफ्नो परिचय उल्लेख गर्न नचाहाने अनुसन्धानमा सम्लग्न एक कर्मचारीले अनुसन्धान गर्दै जादा पहिले पनि आरोपित मलहोत्रा अहिले आत्तिएर पन्छिन खोज्नु र आफूलाई प्रचारमा ल्याएर स्याब्बासीको धाप लिने बाटोमा लागेकाले पनि लक्षण देखिएको दाबी गर्छन् ।

उनले अनुसन्धान गर्दै जादा पहिला सुन प्रकरणमा परेका र हङकङमा भन्सारका कर्मचारी मार्फत मेसज गर्न पठाएर उतै सुन रोक्न लगाउने पनि दीपक नै परेकाले केही पुष्टिको प्रतिक्षामा रहेको उल्लेख गरे ।

विभागका कर्मचारीले भने, “विगतमा सुन तस्करीमा जोडिएका व्यावसायी दीपक यत्तिकै चुप्पले नबसी भन्सार धाइरहने, कर्मचारीलाई बिचौलिया बनाइरहने, सुन समातिएको अर्को दिनमै पत्रकार सम्मेलनको नाटक देखिनु रोगको पुष्टि भयो, तर कुन रोग भन्ने पत्ता लगाउन बाँकी छ, केही प्रमाणको खोजीमा छौं ।”

दीपकको फोन कल रेकर्ड रहीरहेको, उनको कार्य सबै निगरानीमा राखिएको अनुसन्धान विभागले जनाएको छ । केही दिनमै बीरामीको नाटक स्वरुप अस्पताल भर्ना हुने हुन्की भन्ने शंकाको दृष्टिले पनि दीपकलाई हेरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । 

rajswa1689859508.jpg

 

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update