Public Pana
टिकटक र फेसबुकमार्फत हुने व्यापार ईकमर्शमा नपर्ने उद्योगमन्त्रीको भनाइ

सामाजिक सञ्जाल टिकटक र फेसबुकमार्फत हुने व्यापार ईकमर्शमा नपर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री रिजालले सामाजिक सञ्जालमार्फत गरिने व्यापार ईकमर्शमा नपर्ने बताएका हुन् ।

‘ईकमर्शमा आवद्ध हुन चाहँदैन भने बाध्यकारी छैन,’ मन्त्री रिजालले भने, ‘सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर गरिने व्यापारलाई कानुनले रोकेको छैन । ’

मोबाइल एप, वेबसाइट तयार गरेर ईकमर्शमा आवद्ध भएर कारोबार गर्नेहरु मात्र यो कानुन अन्तर्गत पर्ने उनले बताए । ठगिने र ठग्ने दुवैलाई नियमन गर्न कानुन ल्याउन लागिएको उनको दाबी छ ।

अर्कोतर्फ उद्योग सचिव मधुकुमार मरासिनीले भने सामाजिक सञ्जालमार्फत कुनै वस्तु विक्री वितरण गरिए यस विधेयकमा भएको कानुन आकर्षित हुन सक्ने बताए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update