Public Pana
कांग्रेस केन्द्रीय समितिको अर्को बैठक असोज २ मा बस्ने, अमर्यादित व्यवहार गरे निष्कासन गर्ने

 नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको अर्को बैठक आगामी असोज २ गते बस्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले साउन २ देखि जारी केन्द्रीय समिति बैठकका निर्णय पारित गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिए।

कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ।

यसैबीच, कांग्रेसले पार्टी सम्वद्ध कार्यकर्ताले आन्दोलनका क्रममा अमर्यादित व्यवहार गरे निष्कासन गर्ने निर्णय गरेको छ ।

बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उश्रृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्नसक्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update