Public Pana
सुन तस्करीको आरोपमा व्यापारी राकेशकुमारको घरमा छापा

सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ ।

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको क्विन्टल सुन तस्करीको आरोपमा अडुकियाको घरमा आज बुधबार विभागले छापा मारेको हो ।

सुन तस्करीको सुन बरामद भन्दा केहीसमय अघि उनले हङकङ, भारत र दुबईको भ्रमण गरेका थिए । शंकास्पद यात्रा गरेको देखिपछि अनुसन्धान अघि बढाएको विभागले उनको कमलपोखरीस्थित निवासमा विभागले छापा मारेको हो ।

बुधबार नै तस्करीका संलग्न रहेको आशंकामा सुरेन्द्र तामाङ पक्राउ परेका छन् । क्विन्टल सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंकामा विभागले अनुसन्धान गरिरहेको छ ।

अडुकिया यो भन्दाअघि गोरखा विकास बैंकको घोटालामा पनि जोडिएका व्यक्ति हुन् । उनी शेयर कारोबारमा समेत संलग्न छन् 
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update