Public Pana
कालीगण्डले बगायो १६ वर्षीया बालिका, खोजीकार्य जारी

स्याङ्जा, १० साउन । कालीगण्डकी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन्। चापाकोट नगरपालिका-७ गाम्रेछाप बस्ने १६ वर्षीया सजनी परियार कालीगण्डकीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान ११ बजेतिर स्याङ्जा र पाल्पाको संगमस्थल रामघाट स्थित झोलुंगे पुलबाट हामफाल गरी बेपत्ता भएको खबर आएपछि प्रहरीको टोलीले खोजीकार्य जारी राखेको छ।

बालिकाले लगाएको चप्पल पुल नजिकै फेला परे पनि अवस्था अज्ञात छ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update