Public Pana
नेपाल सुन तस्करीको ट्रान्जिट बन्यो, तस्करीका नाइकेलाई जोगाउने काम नहोस् : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको बताएका छन् । 

आज बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै तस्करीलाई जोगाउने काम नगर्न सरकारलाई सुझाव दिए । 

भ्रष्टाचार काण्डमा सरकार जरोसम्म नपुगेको र सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्नुपर्ने भन्दै उनले भने, ‘केही भरियालाई पक्रेर सुन तस्करका नाइकेलाई जोगाउने काम नहोस्। जरासम्म पुगोस् ।’ 
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update