Public Pana
नेवानीमा कार्यकारीको बदमासी, कर्मचारीको विदेश पोष्टिङमा आर्थिक चलखेल

चरम राजनीतिक शिकारका कारण आर्थिक रुपमा थला पर्दै आएको नेपालकै एकमात्र ध्वजा बाहक बिमान कम्पनी नेपाल वायु सेवा निगमभित्र कर्मचारीको हालैको सरुवाको बिषय विवादित बनेको

एयरलायन्सको विदेशस्थित विभिन्न स्टेशनमा कर्मचारीको सरुवा गर्दा कार्यकारी अध्यक्ष युवराज अधिकारी संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री गोपाल किराँतीको समेत कैफियत देखिएको

सामायन्तः यसअघिको सरुवामा निगम व्यवस्थापनले कर्मचारीको सर्टलिष्ट गरी अन्तरवार्ता सकेकै दिनमै नतिजा प्रकाशन गर्दै आएपनि यसपाली अन्तरवार्ता सकेको दिनपछि मात्रै सरुवा हुने नामावली प्रकाशित गरिएको थियो

एयरलायन्स स्रोतले भन्यो, ४७ जनाको अन्तरवार्ता गरेर रिजल्ट निकाल्न दिन लगाउनुको कारण कर्मचारीसँग मोलमोलाई नै हो, होइन भने कर्मचारीको अन्तरवार्ता सकेर १५ जना छान्न निगम व्यवस्थापनलाई अर्को आर्थिक आर्थिक वर्ष लाग्नुको कारण के हो ?

निगमले बिदेशस्थित आफ्ना स्टेशन रहेका दुवई, कतारको दोहा, बैंकक, नयाँ दिल्ली मुम्बईमा सरुवाका लागि ४७ कर्मचारीलाई सर्ट लिष्टमा छनौट गरेको थियो

सर्टलिष्टमा परेका कर्मचारीको २०८० असार २८ गते अन्तरवार्ता गरेपनि अघिल्लो दिनको मिति राखेर नतिजा साउन गतेमात्र प्रकाशन गरिएको थियो सरुवा गर्दा कार्यकारी अध्यक्ष युवाराज अधिकारीले कर्मचारीको योग्यता निश्चित मापदण्डलाई भन्दा पनि मन्त्री गोपाल किराँती निकट आर्थिक सहयोग गर्ने कर्मचारीलाई रोजेको स्रोतको दावी

निगमकै एक कर्मचारीले पब्लिक पानासँग भने योग्यता भन्दा पनि रकम दिने मन्त्रीसँग नजिक भएकालाई विदेश पोष्टिङ गरिएको अन्तरवार्ता लिएर आर्थिक चलखेल गर्नकै लागि कार्यकारी अध्यक्ष युवराज अधिकारीले दिनपछि नतिजा प्रकाशन गरेको ती कर्मचारीको आरोप

बिदेशस्थित एयरपोर्ट स्टेशनमा काम गर्ने निगमका कर्मचारीले डलरमा पारिश्रमिक तथा सुविधा पाउने भएकाले बायु सेवा निगमभित्र नेपाल बाहिरको पोष्टिङलाई आकर्षक रुपमा लिने गरिन्छ

यसरी आकर्षक ठाँउमा सरुवा पाउनेमा पर्यटनमन्त्री सुदन किराँतीका जिल्लावासी एवं आफन्ती रमेश राना मगर पनि छन् उनी मन्त्री किराँतीको जिल्ला भोजपुरकै हुन उनलाई सवै भन्दा आकर्षक दुवईस्थित एयरपोर्ट स्टेशनको लेखा प्रवन्धकको रुपमा पठाइएको अन्तरवार्ताका लागि छैठौ नम्वरमा सिफारिसमा परेका राना मगरलाई दुवईका लागि एक नम्वरमा छनौट गरिएको हो

निगमकै एक कर्मचारीले भनेः मन्त्रीज्यूले शुरुमा निगम सुधार गर्ने आयोग गर्न गठन गर्नुभयो तर अहिले बेथिति हुँदा पनि तैचुप मैचुप हुनुभएको , कैफियतपुर्ण सरुवाको निर्णय हुँदा पनि मन्त्रीले त्यसैलाई सदर गर्नुमा मन्त्रीको समेत मिलोमतो देखिन्छ सरुवामा लामो समय काम गरेका कर्मचारीलाई प्राथमिकता नदिएर जुनियर कर्मचारीलाई रोजिएको ७० र्आै व्याचका छनौट सुचिमा परेकालाई लत्याएर ७३ व्याचका कर्मचारी छनौट गरिएको

कर्मचारीलाई सर्ट लिष्ट गरेर नामावली मन्त्रालय पठाइएको मन्त्रालयबाट अन्तिम नतिजा प्रकाशन गरिएको स्रोतको दावी निगम व्यवस्थाका कर्मचारीले इन्टरभ्यु औपचारिकता मात्र हो, हामीले सवैको नाम पठाईका छौ, बाँकी मन्त्रालयमै गएर मिलाउनु भनेपछि सर्टलिष्टमा परेका कर्मचारीले दिनसम्म मन्त्रालय धाएका थिए

निगमका सहप्रवक्ता गणेश घिमिरेले निगमकै कार्यविधिमै टेकेर अन्र्तवार्ताबाट सरुवाको नतिजा प्रकाशन गरिएको दावी गरे उनले भने निगमकै कर्मचारीहरुबाट छनौट सिफारिस समिति बनेको हुन्छ उक्त समितिले अन्र्तवार्तामा नम्वर जोडेर नतिजा निकाल्छ

यद्यपी उनले सरुवा गर्ने मापदण्ड योग्यता भने नहुने जिकिर गरे यसअघिको अभ्यासमा अन्र्तवार्ता सकेकै दिन नतिजा आउने गरेपनि सहप्रवक्ता घिमिरेले प्रक्रिया नपुगेकाले दिन समय लागेको दावी गरे कस्तो पक्रिया हो भनेर सोध्दा समय लाग्नु ठुलो कुरा नभएको भन्दै पन्छिन खोजे  

निगममा झण्डै बर्ष महाप्रवन्धक भएर काम गरका सुगतरत्न कंशाकारलाई हामीले कर्मचारी सरुवामा अन्र्तवार्तापछिको नतिजा सार्वजनिक गर्ने विगतको पम्परा के भनेर सोध्दा आफ्नो कार्यकालमा अन्र्तवार्ता सकेपछि मध्यरातीसम्म बसेर भएपनि नतिजा प्रकाशन गर्ने गरेको बताए

अन्र्तवार्ता भइसकेपछि कतिपयले कर्मचारीलाई प्रलोभन पार्न चलखेल गर्न सक्ने भएकाले मैले अन्र्तवार्ता सकेर राती ११ बजेसम्म अफिसमै बसेर नतिजा प्रकाशन गरेको स्मरण , अरु कुरा मलाई थाह भएन

बिदेशस्थित आकर्षक ठाँउमा सरुवा भएका कर्मचारी लामो समय निगममा काम गरेका भन्दा पनि मन्त्री ठुला बडा हाकिमको रुचिमा परेका छन् निगमभित्र २० बर्षदेखी काम गरेका कतिपय कर्मचारीले  अहिलेसम्म बिदेशस्थित एयरपोर्ट स्टेशनमा अवसर पाउन सकेका छैनन।

कर्मचारी सरुवाको बिषय सामान्य हो, अहिले निगमलाई डुवाउन थुप्रै प्रयास शुरु भइसकेको ति कर्मचारीले बताए मन्त्रीको दवावमा कर्मचारी भर्नादेखी निगमकै उडानलाई रोक्न समेत चलखेल भएको उनको भनाई उनले भने , निगमले इञ्जिन भाडामा लिएर चलाएको बिषयमा समेत कार्यकारी अध्यक्षको कैफियत , ठुलो रकम कमिशन खाने खेलकै कारण निगमको इन्जिन नबनाएर भाडाको इन्जिन चलाइएको हो,  हेर्दे जानुहोला, अव दशै तिहार आउदै कमिशनको खेलमा निगमका बिमानहरु ग्राउण्डेड हुन सक्छन

कार्यकारी अध्यक्ष अधिकारी निगमभित्रै  आफै विवादित छविका मानिन्छन यसअघि आर्थिक हिनामिनाको आरोपमा आफुविरुद्ध छानविन गर्न गठित समितिका अध्यक्षलाई नै अधिकारीले आर्थिक प्रलोभन दिएको समाचार बाहिरिएको थियो  

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update