Public Pana
डेंगुको महामारीले ७ जनाको मृत्यु  

डेंगुको महामारीले सुनसरीको धरानमा ७ जनाको मृत्यु भएको हो

सो स्थानमा महामारिले उर्ग रुप लिएको छ ।

गत जेठ २३ गते धरान उपमहानगरपालिका–१७ की ३० वर्षीया महिलाले डेंगुबाट सुरूमा ज्यान गएको थियो । त्यस्तै असार १५ गते धरान–११ की ४० वर्षीया महिलाल ज्यान गुमाइन् ।

dengue_vVkNH5rKXB1662740019.jpg

यही साउन २ गते धरान–११ का ७९ वर्षीय वृद्धले ज्यान गुमाएका हुन् ।
त्यही दिन धरान–१८ की ८४ वर्षीया महिलाको पनि डेंगुबाट ज्यान गएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ । 

प्रतिष्ठाननका चिकित्सकहरुले आज बुधबार पत्रकारहरुसँग कुरा गर्दै यही साउन ३ गते धरान–५ की ५३ वर्षीया महिलाको मृत्यु भयो भने साउन ५ गते धरान–१० का ५६ वर्षीय पुरुष र धरान–२ का ७७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणी पोखरेलले उल्लेख गरे ।

यी ७ मध्ये जेठ २३ गते निधन भएकी महिलाको मृत्युको मुख्य कारण डेंगु थियो भने अन्य ६ जनालाई डेंगुसँगै दीर्घरोगी पनि रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विज्ञप्तिमा जनाएको छ ।

यी सातबाहेक अरु २ जनाको पनि डेंगुबाट निधन भएपनि पुष्टि प्रयास भइरहेको प्रतिष्ठानको दाबी छ । 
धरानमा सबैभन्दा धेरै ११, १३, १५, १६, १७ र १८ वडा प्रभावित भएका छन् । 

पछिल्लो समय देशभर डेंगु फैलिँदै गएको छ । २०७९ पुसयता ४ हजार २८९ जनामा डेंगु पुष्टि भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update