Public Pana
एमाले संसदीय दलको बैठक बस्दै, संसदमा पार्टीको भूमिकावारे रणनीति बनाउने

संसदको पार्टीको भूमिकावारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ ।

बुधबार प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेका बेला एमालेले त्यसअघि संसदीय दलको बैठक बोलाएको हो ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । 

प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफ गर्न दलको बैठक बोलाइएको नेताहरुले बताएका छन् ।

खास गरी पछिल्लो घटनाक्रमलाई लिएर एमालेले फेरी ससदमा बिरोध कार्यक्रम तय गर्न सक्ने एक नेताले बताए ।

विशेषगरी १०० किलो सुन बरामदबारे पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुने ती नेताको भनाई छ  । 
lumbini pradesh-1691550811.jpg

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update