Public Pana
हङकङबाट आएको RA को बिमान काठमाण्डौंमा अवतरण गर्न लाग्दा ओभरसुट गराइयो, स्थानिय त्रसित

काठमाण्डौस्थित त्रिभुवन विमानस्थालमा अवतरण गर्न लागेको नेपाल  एयरलायन्सको बिमान ओभरसुट गरेको छ ।   हङकङबाट आएको नेपाल एयरलायन्सको जहाज काठमाण्डौस्थित त्रिभुवन विमास्थलामा अवतरण गर्न लाग्दा एक्कासी ओभरसुट गरेको थियो । 

काठमाण्डौंबाट मलेसियाको क्वालाम्पुर जान लागेको मालिन्दो एयरको बिमान उड्नै लाग्दा नेपाल एयरलायन्सको आर एन ४१० कलसाइनको बिमान इमाडोल क्षेत्रबाट ओभरसुट गरेको हो ।

आर ए को बिमान ओभर सुट गरि काठमाण्डौको आकाशमा होल्ड गर्न लगाएर मालिन्दो एयरलाई उडान भर्न दिइएको थियो ।

आरएको बिमान एक्कासी बस्ने तयारी गरेका बेला एटिसीले ओभरसुट गर्न निर्देशन दिएपछि इमाडोल, कोटेश्वर लगायत एयरपोर्ट आसपास क्षेत्रमा ठुलो आवाज आएको थियो ।

उक्त आत्राजका कारण सुत्ने तरखरमा रहेका स्थानियहरु त्रसित बनेका थिए । काठमाण्डौको आकाशमा एक राउण्ड लगाएर आरएको बिमान १० बजेर ८ मिनेटमा ल्याण्ड गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update