Public Pana
च्याटजीपीटीले खान्छ ५०० मिलिलीटर पानी !

प्रत्येक २५ देखि ५० प्रश्नको उत्तर दिँदा च्याटजीपीटीले खान्छ ५०० मिलिलीटर खाने गरेको छ ।

हामीले गरेका प्रश्नहरूको जवाफ दिने च्याट जीपीटीले प्रत्येक २० देखि ५० प्रश्नहरूको लागि ५०० मिलीलीटर पानी खपत गरेको एक अनुसन्धानले जनाएको छ ।

युनिभर्सिटी अफ कोलोराडो रिभरसाइड र युनिभर्सिटी अफ टेक्सास अर्लिङ्गटनका अनुसन्धानकर्ताहरूका अनुसार एआईहरूले आफ्नो प्रशोधन प्रणालीलाई चिसो राख्न लाखौं लिटर ताजा पानी खपत गर्ने गर्छन् ।

जसले वातावरण समेत प्रर्दुषण पारेको अनुसन्धानबाट खुल्न गएको छ । माइक्रोसफ्टको डाटा सेन्टरमा रहेको जीपीटी–३ तालिमका लागि ७ लाख लिटर ताजा पानी आवश्यक पर्ने अनुसन्धानकर्ताहरूले पक्ता लगाएका छन् ।

यो लगभग ३५० बीएमडब्लु र ३२० टेस्ला इलेक्ट्रिक भेहिकल बनाउने बराबर छ । उनीहरुले एसियाली डाटा सेन्टरमा जीपीटी–३ लाई तालिम दिएमा पानीको खपत ३ गुणासम्म बढ्ने अनुसन्धानबाट थाहा भएको छ ।

वास्तवमा, यो च्याटबोट मेसिन लर्निङमा आधारित छ र यसको डाटा सेन्टरले प्रत्येक सेकेन्डमा लाखौं प्रश्नहरू प्रशोधन गर्छ ।

त्यसैले डाटा सेन्टरको तापक्रम चिसो रहन्छ र यसमा कुनै समस्या हुँदैन, यसका लागि पानीले चिसो गरिन्छ ।

गुगलले सन् २०२१ मा मात्रै यस क्षेत्रमा करिब १ अर्ब २५ करोड लिटर पानी खपत गरेको अनुसन्धानले देखाएको छ, जुन एक वर्षको लागि १० लाखभन्दा बढी घरहरूलाई प्रयोगमा दिन सकिन्छ  ।
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update