Public Pana
शेयर बजार दाेहाेराे अंकले घट्याे

मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा जोखिमभार घटाउँदा पुनः कर्जाको सीमा तोकिने गभर्नरको भनाईलाई शेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको छ । यसैक्रममा आज मंगलबार नेप्से सूचक ३६.१९ विन्दुले घटेर २१६४.३१ अंकमा आएको छ ।

एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा घटेको हो । यस दिन बैंकिङ र विकास बैंक समूहहरु बढी घटेका छन् ।  

यस दिन २६७ कम्पनीको ७७ लाख १६ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १५ करोड २७ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र ग्लोबल आइएमई बैंक परेका छन् ।

nepse1690284559.jpg

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update