Public Pana
सार्वजनिक खरिद ऐन संशोधन गर्ने सरकारको तयारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आयोजनाहरु ठेक्कामा दिने र ठेक्का लगाएर निर्माणको काम ढिला हुने अवस्थामा सरकारले अब छुट नदिने बताएका छन् ।

उनले लाइनविहीन यातायात कार्यालय, यातायात व्यवस्था विभाग र अन्य स्थानमा लाइन बस्नुपर्ने बाध्यतालाई हटाउने गरी काम अघि बढाइरहेको बताए ।

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले वर्तमान सार्वजनिक खरिद ऐन विकासमैत्री नभएकाले छिटो भन्दा छिटो सार्वजनिक खरिद ऐन संशोधन गर्ने गरी सरकारले तयारी गरिरहेको पनि जानकारी दिए । 

यातायात तथा सडक क्षेत्रमा देखिएका समस्याहरुलाई तत्काल मन्त्रालयलाई सूचना दिनेगरी भौतिक मन्त्रालयमा कल सेन्टर स्थापना गर्ने, बर्दिवासबाट निजगढसम्म रेलमार्ग निर्माण गरी छिटै रेलसेवा सञ्चालन गर्नुपर्ने दायित्व आफूसँग रहेको उनले उल्लेख गरे । 

यातायात मन्त्री ज्वालाले भौतिक योजना मन्त्रालयको अघिल्लो आर्थिक वर्षको बजेट पनि घटेको र अहिलेको बजेट झन् घटेर आएको बताए। उनले त्यसबैबाट ठूला आयोजनाहरु अघि बढाउनुपर्ने अवस्था रहेको धारणा राखे । 
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update