Public Pana
त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा डा. टोकराज पाण्डेको सरुवा

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा सरकारले टोकराज पाण्डे नियुक्त गरेको छ ।

निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए । 

उनै पाण्डेलाई अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेको भन्सार कार्यालयले जनाएको छ ।TIA-bhansar-office1689845418.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन् ।

१ सय किलो सुन भित्रिँदा पोखरेल बिदामा थिए विमानस्थल भन्सार र प्रहरी प्रमुख बिदामा रहेर हाल स्वास्थ्योपचारका क्रममा रहेका पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको हो ।

गत हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १ सय केजी सुन भित्रिँदा भन्सार प्रमुख पोखरेल बिदामा नै थिए ।

पोखरेल बिदामा हुँदा निमित्तका रुपमा नारद गौतमले विमानस्थल भन्सारको नेतृत्व गरिरहहेका थिए । 

सुन तस्करी प्रकरणपछि बदनाममा गाभिएको  त्रिभुवन विमानस्थल भन्सारमा अर्थ मन्त्रालयले पाण्डेलाई पठाउने निर्णय गरेको अर्थमन्त्री महतले बताए । 

निजामति सेवामा काविल कर्मचारीका रुपमा छवि बनाएका पाण्डेलाई अर्थमन्त्री महतले त्रिभुवन विमानस्थल भन्सारको बेथितिलाई सुधार गर्न सक्ने विश्वास सहित भन्सार प्रमुख बनाएर पठाएको मन्त्रीका निकटवर्तीहरुले बताएका छन् ।

यसअघि यातायात व्यवस्था विभागमा समेत छोटो समय काम  गरेका पाण्डेले थुप्रै सुधारका कामको थालनी गरेका थिए

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update